Kathmandu Press

डुबेर एकको मृत्यु, अलग-अलग ठाउँमा पाँचजना मृत भेटिए

पछिल्लो २४ घण्टामा खेतमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने अलग-अलग ठाउँमा पाँचजना मृत फेला परेका छन् ।
डुबेर एकको मृत्यु, अलग-अलग ठाउँमा पाँचजना मृत भेटिए

काठमाडौं, भदौ २२ : पछिल्लो २४ घण्टामा खेतमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने अलग-अलग ठाउँमा पाँचजना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–२२ का जोगिन्द्र रामकी १० वर्षीया छोरी चाँदनी सोही महानगरपालिका–२० अपौनी टोलस्थित खेतमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । 

Hardik ivf

यस्तै, काठमाडौं महानगरपालिका–२२ खिचापोखरीस्थित हेमन्त श्रेष्ठको न्यू राजधानी गेस्टहाउसमा काम गर्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–२ का २४ वर्षीय २४ अनील ढुंगाना सोही गेस्टहाउसको कौशीमा मंगलबार मृत फेला परेका छन् ।

धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० सुनखानी मानेडाँडास्थित जवाङखोलामा सोही ठाउँका हीरालाल चेपाङका १२ वर्षीय छोरा सुरज मंगलबार बिहान मृत फेला परेका छन् । उनी १७ भदौदेखि हराएका थिए ।

कञ्चनपुर कृष्णपुर नगरपालिका–१ भेटघाट शिविर नयाँ बस्तीका २० वर्षीय गगन कार्की आफ्नै घरमा मंगलबार बिहान मृत फेला परेका छन् । यसैगरी,     मकवानपुर वागमती गाउँपालिका–१ करौजेस्थित वागमती खोलाको बगरमा नाम, थर, वतन नखुलेकी करिब १३ वर्षीया बालिका मंगलबार मृत फेला परेकी छन् । कपिलवस्तु महाराजगञ्ज नगरपालिका–५ बेलवाघाट कन्चनियापुर खोलाको किनारामा नाम, थर, वतन नखुलेका एक पुरुष पनि मृत फेला परेका छन् ।

प्रकाशित मिति: १७:४४ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्