Kathmandu Press

अवैध लागूऔषधसहित सातजना पक्राउ

प्रहरी अवैध लागूऔषधसहित पर्सा, बाँके, सिरहा र रौतहटबाट सातजनालाई पक्राउ गरेको छ ।
अवैध लागूऔषधसहित सातजना पक्राउ

काठमाडौं, भदौ २२ : प्रहरी अवैध लागूऔषधसहित पर्सा, बाँके, सिरहा र रौतहटबाट सातजनालाई पक्राउ गरेको छ ।

पर्सा वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषधसहित तनहुँ डुम्रे नगरपालिका–१ बस्ने २० वर्षीय बुद्धिबहादुर तामाङ र डुम्रे नगरपालिका–२ बस्ने २५ वर्षीय रमेश केसीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धिबहादुरको साथबाट १५ ट्याब्लेट नाइट्राभेट, १३ एम्पुल फेनारगन, १३ एम्पुल डाइजेपाम र १३ एम्पुल नुर्फिन साथै रमेशको साथबाट १३ एम्पुल फेनारगन, १३ एम्पुल डाईजेपाम र १३ एम्पुल नुर्फिन फेला परेको हो ।

Hardik ivf

यस्तै, बाँके नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ६ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १८ ट्याब्लेटसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–११ का २२ वर्षीय सौगात पुन र २१ वर्षीय प्रविन विक छन् ।

सिरहा नगरपालिका–१७ कालीचोकबाट नियन्त्रित लागूऔषध ६६ ट्याब्लेट नाइट्राभेटसहित दुईजनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–२ का २० वर्षीय अजितकुमार मुखिया र १८ वर्षीय किशोर छन् ।

यसैगरी, रौतहट राजपुर नगरपालिका–५ गोलाचोकबाट नियन्त्रित लागूऔषध १० ट्याब्लेट नाइट्राभेट र करिब १० ग्राम गाँजासहित सोही नगरपालिका–६ का ३५ वर्षीय सफिउला खाओलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: १७:३४ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्