Kathmandu Press

प्रहरीद्वारा ३३ सयलाई मास्क वितरण

पछिल्लो २४ घण्टामा प्रहरीले मास्क नलगाई हिँडेका तीन हजार दुई सय ९४ जनालाई मास्क वितरण गरेको छ।
प्रहरीद्वारा ३३ सयलाई मास्क वितरण

काठमाडौं, भदौ २२ : पछिल्लो २४ घण्टामा प्रहरीले मास्क नलगाई हिँडेका तीन हजार दुई सय ९४ जनालाई मास्क वितरण गरेको छ ।

कोरोना प्रसार रोकथाम अभियानअन्तर्गत देशभर प्रहरीले मास्क वितरण गरिरहेको छ । अभियानअन्तर्गत ६ वैशाखदेखि हालसम्म ११ लाख पाँच हजार ६ सय १६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

यस्तै, कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा उल्लंघन गर्ने २२ जनाबाट दुई हजार दुई सय रुपैयाँ जरिवाना उठाइएको प्रहरीले जनाएको छ । स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने सात सय ८९ जनालाई सम्झाइबुझाइ छाडिएको छ ।

प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्