Kathmandu Press

मनाङका चार स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन

मनाङ, भदौ २२ : यहाँका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ।प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएकाले...
मनाङका चार स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन

मनाङ, भदौ २२ : यहाँका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ।

प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएकाले  सेवाग्राही मर्कामा परेका हुन्। जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन्। 

Hardik ivf

सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत समेत जिल्लामा आइपुगेका छैनन्।  बाढीपहिराका कारण सडक सञ्जाल विच्छेद भएकाले उनीहरुलाई जिल्ला आउन समस्या भएको बताइएको छ।  

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक समस्याले पनि कर्मचारी आउन ढिलाइ भएको हुनसक्ने बताए। प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाका काम अगाडि बढाउनसमेत समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए। 

जिल्लाका विभिन्न कार्यालय प्रमुख समेत सरुवा भएका छन्। दुई महिनादेखि सहायक प्रमुख जिल्ला अधिकारीविहीन भएको छ। 
 

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्