पाँच लाख बढीको अवैध कपडा बरामद
नवलपरासी भदौ २२ : प्रहरीले नवलपरासीबाट अवैध रुपमा ल्याएको सामान बरामद गरेको छ । सुस्ता गाउँपालिका–१ बरुवाचोकस्थित सडकबाट लु.१ ह १२२४ नम्बरको अटोरिक्सामा अवैध रुपमा...
नवलपरासी भदौ २२ : प्रहरीले नवलपरासीबाट अवैध रुपमा ल्याएको सामान बरामद गरेको छ ।
सुस्ता गाउँपालिका–१ बरुवाचोकस्थित सडकबाट लु.१ ह १२२४ नम्बरको अटोरिक्सामा अवैध रुपमा ल्याउँदै गरेको करिब ५ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको कपडा सहित अटोरिक्साका चालक बर्दघाट नगरपालिका–४ बस्ने ४१ वर्षीय ईन्द्र बहादुर थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेलाटारी र ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले अटोरिक्सा जाँच गर्दा उक्त मूल्य बराबरको टिसर्ट र २१ मिटर थान कपडा फेला पारी अटोरिक्सा सहित थापालाई पक्राउ गरेको हो।
उनलाई बरामद कपडा तथा अटोरिक्सा सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर नवलपरासी पश्चिममा पठाइएको छ।
प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












