Kathmandu Press

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

काठमाडौं, भदौ २२ : प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट करिब ४ किलो ३५ ग्राम...
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

काठमाडौं, भदौ २२ : प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट करिब ४ किलो ३५ ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा म्याग्दी मंगला गाउँपालिका(३ ठेगाना भएका ३६ वर्षीय श्याम प्रसाद रोका र सोही ठाउँ ठेगाना भएका ३५ वर्षीय वीर बहादुर रोका मगर रहेका छन् । कतार एअरको उडानद्वारा दोहा कतार जान लागेका उनीहरुलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुटकेसभित्र उक्त चरेश फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध चरेस मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ।

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ५ सय ८५ नियन्त्रित लागूऔषध नाइट्राभेटसहित सप्तरी रुपनी गाउँपालिका–६ बस्ने १९ वर्षीय शुरेश खङ्गलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५३१५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार शुरेशले झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

Hardik ivf

मोरङको बेलबारी नगरपालिका–८ बलुही बस्ने ७४ वर्षीय भबिलाल सहनीलाई करिब ७ केजी ४ सय ४५ ग्राम अबैध लागूऔषध गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनले घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्याल बिराटनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

यस्तै, नेपालगंज उपमहानगरपालिका–४ सल्यानी बङगला बस्ने २६ वर्षीय मोहन लाल कहार र सोही उपमहानगरपालिका(७ बस्ने २३ वर्षीय अबेस जोलाहलाई ९ ग्राम ५ सय मिलिग्राम अबैध लागूऔषध ब्राउनसुगर सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो। 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोईली बस्ने २८ वर्षीय कुबेर शाहीलाई १ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।  विशेष सूचनाको आधारमा कर्णाली प्रदेश लागूऔषध नियन्त्रण व्यूरो र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई साथमा रहेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। 

यसैगरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–३ बिचपुरीस्थित हरेन्द्र चौधरीको खुद्रा पसलबाट करिब ५ सय ९८ ग्राम अबैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सोमबार राति प्रहरीले बरामद गरेको छ। अस्थाई प्रहरी पोष्ट भाँसीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा कचौरा र पलाष्टिकमा पोका पारी राखेको अवस्थामा उक्त पदार्थ फेला पारी बरामद गरको हो। 

साथै सोही पसल पछाडि खैरो हेरोइन सेवन गरिरहेको अवस्थमा फेला पारी सोही ठाउँ बस्ने २५ वर्षीय करन चौधरी, २७ वर्षीय अजय चौधरी र २७ वर्षीय दिनेश कुँवरलाई २ सय मिलिग्राम खैरो हिरोइन सहित प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: १२:१६ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्