‘पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता’
काठमाडौं, भदौ २२ : राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले निर्धारित समय भित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका...
काठमाडौं, भदौ २२ : राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले निर्धारित समय भित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। सिन्धुपाल्चोकको बलेफी –तेम्बाथान सडक खण्डको सोमबार स्थलगत निरीक्षण गर्दै उनले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिएको बताए।
उनीसहित सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठक, प्रेस विज्ञ श्रीधर न्यौपाने, संघीय सडक डिभिजन कार्यालय दोलखा र प्रादेशिक सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीका प्राविधिक सहितको टोलिले सो सडकखण्डको निरीक्षण गरेको थियो।
टोलीले अरनिको राजमार्ग अन्तर्गतको बलेफी बजारदेखि नौबिसे सडक खण्ड र जलबिरेदेखि कात्तिके सडक खण्डको जुगल गाउँपालिका अन्तर्गतको ढाँडे हुँदै गणेश खोलासम्मको निरीक्षण गरेको थियो। यस क्रममा निर्माणमा थुप्रै सुधारको आवश्यकता औंल्याइएको छ। सडक डिभिजन कार्यालयका इञ्जिनियर मैना राईले सो क्षेत्रमा लगातार सडक भासिने, पहिरो खस्ने र लगाइएको तार जाली पल्टिने घटना दोहोरिएको बताए।
भूकम्पले थिलथिलो बनाएको जिल्लाका पहाडमा यस बर्ष पनि ठूला साना सयौं पहिरो र बाढीका कारण थुपै भित्रि सडक अवरुद्ध हुन पुगेका छन्।












