Kathmandu Press

पपुवा न्युगिनीविरुद्ध बलिङ गर्दै नेपाल, ओडिआई कुशल, आसिफ र विक्रमको डेब्यू

काठमाडौं, भदौ २२ : पपुवा न्युगिनीविरुद्धको ओडिआई सिरिजको पहिलो खेलमा टस हारेर नेपाल पहिला बलिङ गर्ने भएको छ। ओमानमा टस जितेर पपुवा न्युगिनीले ब्याटिङ...
पपुवा न्युगिनीविरुद्ध बलिङ गर्दै नेपाल, ओडिआई कुशल, आसिफ र विक्रमको डेब्यू

काठमाडौं, भदौ २२ : पपुवा न्युगिनीविरुद्धको ओडिआई सिरिजको पहिलो खेलमा टस हारेर नेपाल पहिला बलिङ गर्ने भएको छ। ओमानमा टस जितेर पपुवा न्युगिनीले ब्याटिङ रोजेपछि नेपाल बलिङमा आएको हो।

यही खेलमार्फत तीन नेपाली खेलाडी ओडिआईमा डेब्यू गरेका छन्। प्रशिक्षक डेभ वाट्मोरले पपुवा न्युगिनीविरुद्धको सिरिजको पहिलो खेलमा ओपनरद्वय कुशल भुर्तेल, आसिफ सेख र फाूस्ट बलर विक्रम सोबलाई डेब्यू गराएका हुन्।

Hardik ivf

कुशल र आसिफकोले यसअघि गत वैशाखमा नेपालमै भएको त्रिकोणात्मक सिरिज मार्फत नेपाली टिममा डेब्यू गरेका थिए । दुवै सो सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि एकदिवसीयमा पनि उनीहरुलाई नै ओपनिङको मौका दिइएको हो।

यता, घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि राष्ट्रिय टिममा परेका बिक्रमको भने नेपाली टिमका लागि यो पहिलो खेल हो।

अभ्यासका क्रममा चोट बोकेका उपप्तान दीपेन्द्रसिंह ऐरी भने टिमबाट बाहिर रहेका छन्, प्रशिक्षक वाट्मोरले करण केसीलाई पनि टिममा राखेका छैनन।

आसन्न आईसिसी विश्वकप लिग–२ अन्तर्गतको ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपालले पपुवा न्युगिनीविरुद्ध २ खेलको सिरिज खलेको हो। 

नेपाल टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख,  शरद भेषवाकर, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, बिक्रम सोब, पवन सर्राफ।
 

प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्