Kathmandu Press

आज पनि केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं, भदौ २२ : मनसुनी वायुको प्रभावले आज पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका...
आज पनि केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं, भदौ २२ : मनसुनी वायुको प्रभावले आज पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १‚ बागमती‚ गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको र देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेकाले आज बिहानबाटै देशभर वर्षा भइरहेको छ। यो क्रममा रातिसम्म जारी रहने महाशाखाले जनाएको छ।

आज दिउँसो पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।

त्यस्तै, राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षा हुने महाशाखाको अनुमान छ।

प्रकाशित मिति: ०७:१७ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्