Kathmandu Press

विभिन्न ठाउँमा तीनजना मृत फेला

बाँके, रुपन्देही र मोरङमा तीनजना मृत फेला परेका छन् ।
विभिन्न ठाउँमा तीनजना मृत फेला

काठमाडौं, भदौ २१ : बाँके, रुपन्देही र मोरङमा तीनजना मृत फेला परेका छन् ।

बाँके नेपालगञ्ज–२२ पुरैनीका ५० वर्षीय दुखीराम पासी मृत फेला परेका छन् ।

Hardik ivf

उनी घरबाट करिब चार किमि टाढास्थित आँपको बगैंचामा सोमबार मृत फेला परेका हुन् ।

यस्तै, रुपन्देही बुटवल–५ हाटबजार डेरा गरी बस्ने भारत कानपुर घर भएका मन्जुर अहमदको कोठामा उनकै साथी ४५ वर्षीय अशोककुमार गुप्ता सोमबार मृत फेला परेका छन् ।

मोरङ विराटनगर–१३ पुरानो डीएभी स्कुलनजिक नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत फेला परेका छन् । सबै घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७:५५ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्