ब्राउनसुगरसहित पक्राउ
नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट एक ग्राम पाँच सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
बाँके, भदौ २१ : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट एक ग्राम पाँच सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–५ रझेनाका २६ वर्षीय जनक थारू छन् । सोमबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी जमुनाह र लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्जको टोलीले नियन्त्रणमा लिएको हो ।
उनले चप्पलमा लुकाएर ब्राउन सुगर नेपाल भित्र्याउँदै थिए ।
प्रकाशित मिति: १७:३६ बजे, सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












