Kathmandu Press

बैंकिङ कसूरमा फरार व्यक्ति पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने नुवाकोट बेलकोटगढी–१२ सिमपानीका ५६ वर्षीय शिवराम गजुरेल सोमबार पक्राउ परेका छन् ।
बैंकिङ कसूरमा फरार व्यक्ति पक्राउ
Hardik ivf

काठमाडौं, भदौ २१ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने नुवाकोट बेलकोटगढी–१२ सिमपानीका ५६ वर्षीय शिवराम गजुरेल सोमबार पक्राउ परेका छन् ।

उच्च अदालत पाटनको २८ असार ०७८ को फैसलाबाट उनीविरुद्ध सात दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर भएको छ ।

त्यसयता फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जको टोलीले काठमाडौं बालाजु शेषमती पुलबाट पक्राउ गरेको हो । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्याएर उनले ‘हाम्रो विकास बैंक’को चेक काटेर दिई बैंकिङ कसूर गरेका थिए ।

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्