प्रहरीद्वारा सात हजार ५७५ जनालाई मास्क वितरण
कोरोना संक्रमण रोकथाम र जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा सात हजार ५७५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।
काठमाडौं, भदौ २१ : कोरोना संक्रमण रोकथाम र जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा सात हजार ५७५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । ६ वैशाखदेखि सुरु भएको कार्यक्रमअन्तर्गत हालसम्म ११ लाख दुई हजार तीन सय २२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ नारासहित यो अभियान सञ्चालन गरिरहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २७ जनाबाट दुई हजार सात सय रुपैयाँ जरिवाना गरिएको छ । त्यसक्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने एक हजार दुई सय ६६ जनालाई सम्झाइबुझाइ छाडिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १७:२२ बजे, सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












