Kathmandu Press

प्रहरीको ‘सामुदायिक अंकपत्र तालिम निर्देशिका’

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सोमबार ‘सामुदायिक अंकपत्र तालिम निर्देशिका’ विमोचन गरेका छन् ।
प्रहरीको ‘सामुदायिक अंकपत्र तालिम निर्देशिका’
Hardik ivf

काठमाडौं, भदौ २१ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सोमबार ‘सामुदायिक अंकपत्र तालिम निर्देशिका’ विमोचन गरेका छन् ।

यूके एडको आर्थिक सहयोग तथा इन्टरनेसनल अलर्ट संस्थालगायतको सहकार्य र समन्वयमा नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप सबल र वैज्ञानिक बनाउन उक्त निर्देशिका तयार गरिएको हो ।

विमोचन समारोहमा प्रहरी महानिरीक्षक क्षत्रीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी तथा वैज्ञानिक बनाउन सामुदायिक अंकपत्र तयार गरिएको बताए । त्यसमार्फत नागरिकसँगको सहकार्य, सुशासन र पारस्परिक जवाफदेहितालाई सबल बन्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्