Kathmandu Press

बंगलादेशी महिला फुटबल टोली नेपालमा

बंगलादेशी महिला फुटबल टोली नेपालमा

काठमाडौं, भदौ २१ : नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ। 

यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो। टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारीलगायतले स्वागत गरे। उक्त मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

Hardik ivf

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्। नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ। 

यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने  फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ। 

प्रकाशित मिति: १५:४३ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्