Kathmandu Press

ललितपुरले भित्र्यायो अफगान युवा अलराउन्डर

काठमाडौं, भदौ २१ : डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले एभरेस्ट प्रियिमर लिग (इपिएल)का लािग अफगान अलरान्डर अज्मतुल्लाह ओमर्जाइलाई अनुबनधन गरेको छ। ललितपुरले आसन्न चौथो संस्करणको...
ललितपुरले भित्र्यायो अफगान युवा अलराउन्डर

काठमाडौं, भदौ २१ : डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले एभरेस्ट प्रियिमर लिग (इपिएल)का लािग अफगान अलरान्डर अज्मतुल्लाह ओमर्जाइलाई अनुबनधन गरेको छ। ललितपुरले आसन्न चौथो संस्करणको इपिएलका लागि अफगानिस्तानका २१ वर्षीय अलराउन्डरलाई अनुबन्धन गरेको हो।

ललितपुरले मंगलबार फेसबुकमार्फत ओमर्जाइलाई अनुबन्धन गरेको जनाएको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको प्याट्रिओट्सले यअसघि इंग्ल्यान्डका एलेक्स ब्लाक र भुटानका मिक्यो दोर्जीलाई अनुबन्धन गरिसकेको छ।

ओमर्जाइले यसै वर्षमात्र अफगानिस्तानको राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। उनले गत जनवरी २१मा आयरल्यान्डविरुद्ध एकदिवसीय खेलमार्फत डेब्यू गरेका थिए। सो खेलमा उनले २ रन मात्र बनाउन सकेका थिए।

उनले २४ लिस्ट ए, १० टि–२० र ५ फस्ट क्लस क्रिकेट खेलेका छन्। जसमा उनले  ४ सय १३, २ सय ९ र १ सय ४९ रन बनाउनुका साथै २२, ८ र १६ विकेट पनि लिएका छन्। 

असोज ९ देखि कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुने एभरेस्ट प्रियिमर लिगमा प्रत्येक टिमले प्लेइङसेटमा अनिवार्य ३ खेलाडी खेलाउनु पर्छ।
 

प्रकाशित मिति: १५:३० बजे, सोमबार, भदौ २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्