Kathmandu Press

तेह्र लाख ५० हजार जरिवनापछि फरार व्यक्ति पक्राउ

काठमाडौं, भदौ २१ : नेपाल प्रहरीले रु १३ लाख ५० हजार जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...
तेह्र लाख ५० हजार जरिवनापछि फरार व्यक्ति पक्राउ

काठमाडौं, भदौ २१ : नेपाल प्रहरीले रु १३ लाख ५० हजार जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका नुवाकोट बेलकोटगढी नगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने ५६ वर्षीय शिवराम गजुरेललाई आज पक्राउ गरेको हो। 

Hardik ivf

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ असार २८ गतेको फैसलापछि सात दिन कैद र बिगोबमोजिम रु १३ लाख ५० हजार जरिवानापछि फरार रहेका गजुरेललाई आज बालाजु शेषमतीपुलबाट पक्राउ गरिएको जानकारी दिए। 

पक्राउ परेका गजुरेलले आफ्नो बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो। 

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं  जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए। 
 

प्रकाशित मिति: १४:४८ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्