Kathmandu Press

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

रोल्पा, भदौ २१ : रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोबाट पुरिँदा ७०...
रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु
Hardik ivf

रोल्पा, भदौ २१ : रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएका छन् । उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । दुई घरमा सामान्य क्षति पुगेको डीएसपी सुवेदीले बताए ।

प्रकाशित मिति: १४:१३ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्