Kathmandu Press

मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको संख्यामा वृद्धि

मकवानपुर, भदौ २१ : मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ। हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा...
मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको संख्यामा वृद्धि

मकवानपुर, भदौ २१ : मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ। हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन्। सोमध्ये ७१ हजार १८४ महिला र ६७ हजार ३६७ पुरुषले २०७७/०७८ सम्ममा स्वास्थ्य बिमा गरेको एक तथ्याङ्कले जनाएको छ।

साथै स्वास्थ्य बिमा गर्नेमध्येमा गत आर्थिक वर्षमा ३२ हजार ९६६ व्यक्तिले बिमा नवीकरण गरेका छन् भने बिमा गर्ने ३३ हजार ९६६ नयाँ सदस्य थपिएका स्वास्थ्य बिमा बोर्ड मकवानपुरले जनाएको छ। कोरोना महामारीको कठिन परिस्थितिमा समेत ८७ प्रतिशतले गत आर्थिक वर्षमा बिमा नवीकरण गराएका छन्। सो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा अत्यधिक रहेको छ। बिमा गर्नेमा ३९ हजार २५० ले पूर्ण शुल्कमा बिमा गरेका छन् भने छ हजार १३२ ज्येष्ठ नागरिकले निःशुल्करुपमा स्वास्थ्य बिमा गरेका सो बोर्डद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ। 

Hardik ivf

यसैगरी ८७२ पूर्ण अपाङ्गता भएका रहेकाले निःशुल्क बिमा सेवा लिइरहेको बताइएको छ । त्यस्तै एचआइभी सङ्क्रमित भएका २३७ ले समेत निःशुल्क बिमा सेवा प्राप्त गरेका छन् भने क्षयरोग भएका एक जनालाई निःशुल्क सेवा दिइएको जनाइएको छ। महिला स्वास्थ्य स्वम्सेविकाका परिवारलाई ५० प्रतिशत  छुट दिई ५२४ को स्वास्थ्य बिमा गरिएको बताइएको छ। स्वास्थ्य बिमा गर्ने स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा धेरै सङ्ख्या छ। वाग्मती गाउँपालिकाको सङ्ख्या सबैभन्दा कम रहेको बोर्डका दर्ता अधिकारी नरबहादुर खड्काले जानकारी दिए ।

सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न स्वास्थ्य बिमा ल्याएको थियो। बिमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिद्वारा २०७२ चैत २५ गतेदेखि कैलालीबाट सर्वप्रथम सुरु गरिएको थियो। मकवानपुरमा विसं २०७४ असार १५ गतेदेखि सुरु भएको बिमा कार्यक्रमले सोही वर्षको भदौ १ गतेदेखि सेवा सञ्चालन गरेको थियो । मकवानपुरमा सुरुआतका वर्षमा ५५ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका थिए।
 

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्