Kathmandu Press

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

काठमाडौं, भदौ २१ : कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भइ फरार भएका एक व्यक्तिलाई प्रहरीले भोजपुरबाट पक्राउ गरेको छ। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ केराबारीका ५३...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ
Hardik ivf

काठमाडौं, भदौ २१ : कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भइ फरार भएका एक व्यक्तिलाई प्रहरीले भोजपुरबाट पक्राउ गरेको छ। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ केराबारीका ५३ वर्षीय मनकेशर राईलाई घटना भएको २७ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको हो।

टेम्केमैयुङ–७ का २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको २०६१ भदौ २८ गतेको फैसलाले तीन वर्ष कैद सजाय सुनाएको थियो। घटनापछि नै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले भोजपुर सदरमुकाममा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

उनलाई भोजपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रकाशित मिति: १३:४० बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्