Kathmandu Press

झापामा दाइको हत्या आरोपमा भाइ पक्राउ 

झापा, भदौ २१ : झापामा आफ्नै दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–३ बस्ने रतन राजवंशी रहेका छन्।जिल्ला...
झापामा दाइको हत्या आरोपमा भाइ पक्राउ 

झापा, भदौ २१ : झापामा आफ्नै दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–३ बस्ने रतन राजवंशी रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार आइतबार साँझ बिर्तामोड नगरपालिका–४ मा डेरा गरी बस्ने अन्दाजी ५० वर्षीय भात्रु राजवंशी आफू सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो। 

Hardik ivf

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसमेतको टोली घटनास्थल पुगेर मृतकका छोरासँग सोधपुछ गर्दा आफ्नो काकाले मार्तोलले कुटपिट गरेर फरार रहेको बताएका थिए।

प्रहरी टोलीले त्यसपछि राति ९ बजे ३७ वर्षीय रतन राजवंशीलाई आफन्तको घरबाट हत्यामा प्रयोग भएको मार्तोलसहित पक्राउ गरेको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र आज झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिने जनाएको छ । 

प्रकाशित मिति: १३:२३ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्