संखुवासभामा एकै परिवारका ६ जनाको हत्या
संखुवासभा, भदौ २१ : संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ। सोमबार राति मादी नगरपालिका–१ खोलागाउँका स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यलाई अज्ञात समूहले धारिलो...
संखुवासभा, भदौ २१ : संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ।
सोमबार राति मादी नगरपालिका–१ खोलागाउँका स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मंगलबार विहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीयवासीले जानकारी दिएका छन् ।
घटनाको थप विवरण आउन बाँकी छ। प्रहरी टोली घटनास्थलतर्फ लागेको छ।
प्रकाशित मिति: १२:०७ बजे, सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












