Kathmandu Press

लोक सेवाद्वारा नायब सुब्बाको अन्तर्वार्ता स्थगन

काठमाडौं, भदौ २१ : लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी अर्थात् नायब सुब्बाको अन्तर्वार्ता स्थगित गरेको छ।आयोगले सूचना प्रकाशित गरि सर्वोच्च अदालतको...
लोक सेवाद्वारा नायब सुब्बाको अन्तर्वार्ता स्थगन

काठमाडौं, भदौ २१ : लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी अर्थात् नायब सुब्बाको अन्तर्वार्ता स्थगित गरेको छ।

आयोगले सूचना प्रकाशित गरि सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम अन्तर्वार्ता स्थगित गरिएको जनाएको छ। आयोगका उपसचिव प्रकाश गुरुङले जारी गरेको सूचनामा अन्तर्वार्ताका बाँकी कार्यक्रम स्थगित गरिएको उल्लेख छ।

आयोगले धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्थिक वर्ष २०७६/७७ मा विज्ञापन भई २०७८/०५/११ गतेदेखि कम्प्युटर सीप परीक्षण सञ्चालन गरिएको राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्रा) को परीक्षा स्थगित भएको जनाएको छ।

त्यस्तै, नायब सुब्बा वा सो सरह पदका नेपाल प्रशासन सेवा (सामान्य प्रशासन, लेखा, राजश्व समूह) र व्यवस्थापिका संसद् सेवा, (सामान्य प्रशासन समूह)का २०७८/०५/२१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण कार्यक्रम पनि स्थगित भएको जनाएको छ।

प्रकाशित मिति: ०८:०६ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्