Kathmandu Press

सुपथ मूल्य पसल,‘अनलाइन टिकेटिङ’ व्यवस्थाको निर्णय

सुपथ मूल्य पसल,‘अनलाइन टिकेटिङ’ व्यवस्थाको निर्णय

काठमाडौं, भदौ २० : सरकारले आगामी असोज १ गतेदेखि छठपर्वपछिको एक सातासम्म सुपथ मूल्य पसल र चाडपर्वलाई लक्ष्यित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको छ। 

मुख्यसचिव शङ्करदास वैरागीको अध्यक्षतामा आज भएको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ५७ औँ बैठकले संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य निकायहरूको समन्वयमा विस्तृत कार्ययोजना तयार गरी १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालनासहित सहज यात्रा व्यवस्थापनलगायत कामको व्यवस्थापन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत गराउन निर्देशन दिएको छ।

प्रकाशित मिति: २१:०६ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्