Kathmandu Press

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध नगर्न सरकारको अनुरोध

काठमाडौं, भदौ २० : सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमित सेवा प्रवाहमा अवरोध नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरेको छ। प्रतिष्ठानका समस्या पहिचान...
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध नगर्न सरकारको अनुरोध

काठमाडौं, भदौ २० : सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमित सेवा प्रवाहमा अवरोध नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरेको छ। 

प्रतिष्ठानका समस्या पहिचान तथा छानबिन गरी उच्चस्तरीय कार्यदलले सरकारसमक्ष प्रस्तुत गरेको प्रतिवेदन कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त सङ्घर्ष समितिबीच छ बुँदे सहमति भइसकेको सन्दर्भमा कोभिड महामारीको अहिलेको अवस्थामा स्वास्थ्यजस्तो संवेदनशील र अत्यावश्यक सेवा सञ्चालन गतिरोध सृजना नगर्न सरकारले अनुरोध गरेको हो। 

Hardik ivf

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत पक्ष र सरकारबीच भएका सहमति कार्यन्वयनमा गइसकेको जानकारी दिँदै नौ बुँदै प्रेस विज्ञप्तिमा सम्बोधन हुन बाँकी माग पनि कार्यान्वयनको प्रक्रियामा रहेकाले स्वास्थ्यसेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। 

यसैबीच, सङ्घर्ष समितिका सदस्य डा पदम नेपालीले तत्काल सम्बोधन गर्न सकिने मागलाई बेवास्ता गर्न नहुनेमा जोड दिए। जनस्वास्थजस्तो संवेदनशील विषयप्रति आफूहरू पनि संवेदनशील रहेको बताउँदै उनले सेवा प्रवाहमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित मिति: २०:२८ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्