Kathmandu Press

प्रदेश नं १ मा ३२७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, भदौ २० : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ८१ जनाको...
प्रदेश नं १ मा ३२७ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

विराटनगर, भदौ २० : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१ मध्ये विराटनगरमा ४८, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा चार÷चार, तेह्रथुममा तीन, उदयपुर र सङ्खुवासभामा दुई÷दुई, पाँचथर, भोजपुर र खोटाङमा एक÷एक र प्रदेशबाहिरका चार जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै ३६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २०:२४ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्