तस्बिरमा नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल
आसन्न साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल भएको हो। पहिलो मैत्रीपूर्ण खेल १–१को बराबरीमा सकिएको थियो।काठमाडाैं, भदाै २०ः भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल २–१ले पारजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६२औं मिनेटमा भारतका फाहरुखले गोल गर्दै टिमलाई अग्रता दिलाए । ८०औं मिनेटमा कप्तान सुनिलले काउन्टर अट्याकमा गोल गरेपछि भारतको दोब्बर भयो।
८७औं मिनेटमा नेपालले गोल फार्कायो । नेपालका तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई २–१को अवस्थामा ल्याएका थिए। त्यसपछि खेलमा कुनै गोल नहुँदा भारत २–१ले विजयी भयो।
आसन्न साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल भएको हो। पहिलो मैत्रीपूर्ण खेल १–१को बराबरीमा सकिएको थियो।
प्रकाशित मिति: २०:४९ बजे, आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्वार्डिओलाले नवीकरण गरे सिटीसँगको सम्झौताशुक्रबार, मंसिर ७, २०८१
बसन्त खत्री बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’शुक्रबार, मंसिर ७, २०८१
क्यानडाका पूर्वकप्तान साद बिन जाफर लुम्बिनी लायन्समाबिहीबार, मंसिर ६, २०८१
कर्णाली याक्सकाे आइकोनिक प्लेयर बने विपिनबुधबार, मंसिर ५, २०८१