Kathmandu Press

स्ववियु निर्वाचन शान्तिपूर्ण हुनुपर्छ : विद्यार्थी नेताहरु

काठमाडौँ, माघ १५ : विद्यार्थी नेताहरुले आगामी फागुन १४ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा ह....

स्ववियु निर्वाचन शान्तिपूर्ण हुनुपर्छ : विद्यार्थी नेताहरु
फाईल फोटो

काठमाडौँ, माघ १५ : विद्यार्थी नेताहरुले आगामी फागुन १४ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनीहरुले प्रतिपक्ष दलका विद्यार्थीलाई पक्राउ गर्ने, कुटपिट गर्ने जस्ता कार्यले विद्यार्थीलाई उत्तेजित गर्ने कार्य गरिरहेको भन्दै निर्वाचन निष्पक्ष तथा धाँधलीरहित वातावरणमा गर्नुपर्नेमा जोड दिएका हुन् ।  

Hardik ivf

सो अवसरमा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले स्ववियु निर्वाचन गर्ने त्रिभुवन विश्वविद्यालयको पात्रोअनुसार नै फागुन १४ गते स्ववियुको निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले त्रिविले सबै विद्यार्थी सङ्गठनलाई बोलाएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । 

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले नेकपाको एकीकरणसँगै विद्यार्थी सङ्गठनहरु पनि एकताबद्ध भई निर्वाचनमा होमिए पनि नेवि सङ्घलाई कुनै असर नपर्ने बताए । उनले नेविसङ्घ प्रजातन्त्रमा विश्वास राख्ने सङ्गठन भएकाले चुनावबाट भाग्ने प्रश्न नै उठ्दैन भन्दै लामो समयदेखि वर्चस्व राख्दै आएको यो सङ्गठनले फागुनको निर्वाचन जित्ने बताए । 

प्रकाशित मिति: १९:४० बजे, मंगलबार, माघ १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्