Kathmandu Press

नेपाल प्रहरीकी पार्वतीलाई पुम्सेमा स्वर्ण

काठमाडौं, भदौ २० : नेपाल प्रहरीकी पार्वती गुरुङले १०औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दोमा स्वर्ण पदक जितेकी छन्।नेपाल तेक्वान्दो सङ्घको आयोजना तथा...
नेपाल प्रहरीकी पार्वतीलाई पुम्सेमा स्वर्ण

काठमाडौं, भदौ २० : नेपाल प्रहरीकी पार्वती गुरुङले १०औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दोमा स्वर्ण पदक जितेकी छन्।

नेपाल तेक्वान्दो सङ्घको आयोजना तथा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा भइरहेको उक्त प्रतियोगितामा उनले महिला एकलको १८–३५ वर्षमा ७।१३ अङ्क जोड्दै स्वर्ण पदक हात पारेकी हुन्। 

त्यस्तै आर्मीकी सिना मादेनले दोस्रो स्थान हात पारिन्। सिनाले ६.८४ अङ्क जोडिन् । आयशा शाक्य ६.६१ तथा प्रशंसा क्षेत्री ६.५४ अङ्क बटुल्दै तेस्रो स्थानमा रहे। शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३औँ दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्।

आयशाले १३औँ सागमा दोहोरो स्वर्ण जितेकी थिइन्। प्रतियोगिताको पुरुष एकल १५–१७ वर्षमा गोदावरी इन्टरनेसनलका श्रृजल श्रेष्ठले ६‍‍.३८ अङ्क जोड्दै शीर्ष स्थान हात पारे।

६ दशमलव ३४ अङ्क जोड्दै आर्मीका सुजन श्रेष्ठ दोस्रो भए। मूलपानी तेक्वान्दो डोजाङका आयुश ढुङ्गेल र चन्द्रसूर्यका यज्ञ राईले तेस्रो स्थानमा चित्त बुझाए। महिला एकलको १२–१४ वर्षमा कोटेश्वरकी सन्ध्या लामा ९६.५९ अङ्क० ले स्वर्ण तथा गोदावरीकी सर्गम थापा ९६.२८ अङ्क० ले रजत जिते। 

स्यूचाटारकी रोशनी शाह र सुप्रिमकी तारा वाइबाले संयुक्तरूपमा कास्य जिते।

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, भदौ २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्