Kathmandu Press

भीमसेन जात्रा मनाउन वडाले गर्‍यो ५ लाख रुपैयाँ सहयोग

ललितपुर महानगरपालिका १६ नम्बर वडा कार्यालयले सांसकृतिक सम्पदा संरक्षणका लागि आर्थिक सहयोग गर्दै आएको छ।उक्त वडाले ललितपुरमा मनाइन एतिहासिक भीमसेन जात्राका लागि ५...
भीमसेन जात्रा मनाउन वडाले गर्‍यो ५ लाख रुपैयाँ सहयोग

ललितपुर, भदौ २० : ललितपुर महानगरपालिका १६ नम्बर वडा कार्यालयले सांसकृतिक सम्पदा संरक्षणका लागि आर्थिक सहयोग गर्दै आएको छ।

उक्त वडाले ललितपुरमा मनाइन एतिहासिक भीमसेन जात्राका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।

वडाध्यक्ष निर्मलरत्न शाक्यले मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानलाई चेकमार्फत उक्त परिमाणको रकम सहयोग गरेका हुन्।

हरेक वर्ष भाद्र कृष्ण दशमीको रात भीमसेन जात्रा मनाउने प्रचलन छ। उक्त जात्रामा धेरै भक्तजनको सहभागिता हुने गरेको छ।

जात्रा व्यवस्थापन तथा स्वयंसेवक परिचालनका लागि उक्त रकम सहयोग गरिएको जनाइएको छ।

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्