पहिरो र आगलागीका कारण लाखौंको धनमाल नष्ट
काठमाडौं, भदौ, २० : ताप्लेजुङ र रूपन्देहीमा पहिरो र आगलागीका कारण लाखौंको धनमाल नष्ट भएको छ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ याखोप्चामा शुक्रबार दिउँसो पहिरो...
काठमाडौं, भदौ, २० : ताप्लेजुङ र रूपन्देहीमा पहिरो र आगलागीका कारण लाखौंको धनमाल नष्ट भएको छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ याखोप्चामा शुक्रबार दिउँसो पहिरो जाँदा युनाइटेट हाइड्रो पावरको स्टोर रुम, लेबर क्याम्प र भान्सा कोठा पहिरोले पुरिएर रक बोल्ड बेस प्लेट २ सय वटा, वेल्डिङ मेसिनहरु र ल्याब टेस्टिङ मेसिनहरु समेत नष्ट हुँदा करिब ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थुकिम्बाबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।
त्यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका–१० राजमार्ग चौराहा नजिक जीवन श्रेष्ठको घरमा रहेको बासुदेव बेलबासेको केबि मिक्स क्याप हाउसमा शनिबार राति आगलागी भएको छ। आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन् ।
आगलागी भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोली र दमकलको सहयोगमा प्रहरीले आगो पूर्ण रुपमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।












