Kathmandu Press

नक्खु कारागारमा नाइके र कैदीबन्दीबीच झडप

काठमाडौं, भदौ २० : कारागारमा झडप हुने गरेका समाचार बेलाबेलामा सञ्चारमाध्यममा आउने गर्छ।ललितपुरस्थित नक्खु कारागारका पनि झडप भएको छ। त्यहाँका नाइके र कैदीबन्दीबीच...
नक्खु कारागारमा नाइके र कैदीबन्दीबीच झडप

काठमाडौं, भदौ २० : कारागारमा झडप हुने गरेका समाचार बेलाबेलामा सञ्चारमाध्यममा आउने गर्छ।

ललितपुरस्थित नक्खु कारागारका पनि झडप भएको छ। त्यहाँका नाइके र कैदीबन्दीबीच झडप भएको स्रोतको भनाइ छ।

सामान्य विषयमा उत्पन्न विवाद अन्ततः कुटाकुटमा बदलिएको प्रहरी स्रोतले जनाएको छ। कारागारभित्र रहेको होटलमा मूल्य बढाइएको विषयमा झगडा सुरु भएको हो।  

यतिखेर भने विवाद साम्य भइसकेको कारागार प्रशासनले जनाएको छ। कारागारको आन्तरिक समस्या भएको र सबैको गुनासो लिखित रूपमा लिएर समस्या समाधान गर्ने प्रशासनको भनाइ छ।

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्