Kathmandu Press

पोखरीमा डुबेर तीनजनाको मृत्यु 

काठमाडौं, भदौ २० : रुकुम पश्चिम, बाँके र इलाममा पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ।रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ झारपोखरीस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर...
पोखरीमा डुबेर तीनजनाको मृत्यु 

काठमाडौं, भदौ २० : रुकुम पश्चिम, बाँके र इलाममा पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ झारपोखरीस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर चौरजहारी नगरपालिका–१४ बस्ने भरत पुनका छोरा १२ वर्षीय मुस्कान पुनको शनिबार दिउँसो मृत्यु भएको छ।

Hardik ivf

मुस्कान र सोही ठाउँ बस्ने खडक पुनको छोरा १३ वर्षीय हिरालाल पुन डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुवाकोट काक्रेबाट खटिएको प्रहरीले मुस्कानको शव फेला पारेको हो।

साथै हिरालालको घाइते अवस्थामा उद्दार गरी उपचारका लागि स्थानीय मेडिकल पठाएकोमा सामान्य उपचार पश्चात डिश्चार्ज भएका छन् । 

बाँकेको कोहलपुर नगरपालिका(४ बेलनपुर सिक्टा नहरमा नुहाउने क्रममा डुबेर सोहि नगरपालिका(४ मैटहवास्थित अंकल नाता पर्ने दिनेशकुमार जोशीको घरमा बस्ने डडेल्धुरा आलिताल गाउँपालिका(३ घर भएका १४ वर्षीय कर्ण बहादुर मडैको शनिबार दिउँसो मृत्यु भएको छ।  

इलामको चुलाचुली गाउँपालिका–१ बस्ने ८४ वर्षीया बुद्दरानी लिम्बुको आफ्नै घरछेउको माछा पोखरीमा डुबेर शनिबार राति मृत्यु भएको छ।  

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्