Kathmandu Press

संखुवासभा र तनहुँमा सवारी दुर्घटना : दुईजनाको मृत्यु

काठमाडौं, भदौ २० : संखुवासभा र तनहुँमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।संखुवासभाको चिचिला गाउँपालिका–१ पात्लेस्थित सडकमा प्र०१–०२–००१ ख ८०८३ नम्बरको ट्रक...
संखुवासभा र तनहुँमा सवारी दुर्घटना : दुईजनाको मृत्यु

काठमाडौं, भदौ २० : संखुवासभा र तनहुँमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

संखुवासभाको चिचिला गाउँपालिका–१ पात्लेस्थित सडकमा प्र०१–०२–००१ ख ८०८३ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्रक चालक धनकुटा लेगुवा बस्ने २८ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा घाइते भएका ट्रकमा सवार अरुण तेस्रो जलविद्युत आयोजनाअन्तर्गत एसएसएनआर कम्पनीमा काम गर्ने ११ जनामध्ये सातजनालाई जिल्ला अस्पताल खाँदबारी पठाएकोमा चारजना सामान्य उपचार पश्चारत डिश्चार्ज भएका छन् भने ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा सुनसरी पठाइएको छ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ स्याउली चिसापानीस्थित सडकमा ग१त ३११६ नम्बरको ट्याक्टर अनियन्त्रत भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २३ वर्षीय सुदिप कपालीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको  लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:०६ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्