Kathmandu Press

विभिन्न हतियारसहित तीनजना पक्राउ

काठमाडौं, भदौ २० : दाङ र खोटाङमा विभिन्न हातहतियारसहित तीनजना पक्राउ परेका छन्। त्यसैगरी दाङ र कञ्चनपुरमा बेवारिसे हतियार भेटिएका छन्।दाङको घोराही उपमहानगरपालिका-१३ वडरा...
विभिन्न हतियारसहित तीनजना पक्राउ

काठमाडौं, भदौ २० : दाङ र खोटाङमा विभिन्न हातहतियारसहित तीनजना पक्राउ परेका छन्। त्यसैगरी दाङ र कञ्चनपुरमा बेवारिसे हतियार भेटिएका छन्।

दाङको घोराही उपमहानगरपालिका-१३ वडरा बस्ने २५  वर्षीय इन्द्रकमल बुढामगरलाई म्याग्जिन लोड भएको अटोमेटिक पेस्तोल एक थान र एकराउन्ड गोलीसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

Hardik ivf

उनको घरमा अवैध हातहतियार पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको घरमा पार्किङ गरी राखेको रा५ प ८७६२ नम्बरको स्कुटर मुनि प्लाष्टिकमा लुकाई राखेको उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो।

साथै दाङकै तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेस्थित न्याउली सामुदायिक वनमा स्याउलाभित्र अपरिचित व्यक्तिले लुकाई राखेको १ थान भरुवा बन्दुक प्रहरी चौकी खाद्रेबाट खटिएको प्रहरीले शनिबार दिउँसो फेला पारी बरामद गरेको छ। 

यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका(१० बस्ने दिलसेर राई र ५५ वर्षीय खड्ग सिंह राईलाई २ थान भरुवा बन्दुक सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनीहरुको घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाइराखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनीहरुको घरबाट १र१ थान उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। 

कञ्चनपुरको कृष्णपुर नगरपालिका(४ किचाई ग्वासी समैजी सामुदायिक बनमा बेवारिसे अवस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक शनिबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।

प्रकाशित मिति: १३:५० बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्