Kathmandu Press

झापामा अटो चालकको हत्या

झापामा अटो चालकको हत्या

झापा, भदौ २० : विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ। 

कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको बताए। मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबालाई मारेर भागेको प्रहरीलाई बताएका छन्। 

सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर मारेको र त्यसपछि आफ्नो ९ वर्षीय छोरा श्रीमनलाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी आएकाले उनको खोततलास भइरहेको प्रवक्ता थापाको भनाइ छ। 
 

प्रकाशित मिति: १३:३३ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्