Kathmandu Press

विश्वकप छनोटमा नेपालको खराब सुरुआत, पहिलो खेलमै कतारसँग पराजित

काठमाडौं, साउन ७ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको छ। पहिलो खेलमै कतारसँग चार विकेटले ....

विश्वकप छनोटमा नेपालको खराब सुरुआत, पहिलो खेलमै कतारसँग पराजित
फाइल फोटो

काठमाडौं, साउन ७ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको छ। पहिलो खेलमै कतारसँग चार विकेटले पराजित भएको छ।

टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा सबै विकेट गुमाउदै एक सय २२ रन मात्रै बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३४, पारश खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ र सोमपाल कामीले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

प्रतिउत्तरमा कतारले १९.२ ओभरमा ६ विकेट गुमाउदै जित हासिल गर्‍यो। कतारका लागि इनाम मुल हकले ४१, कम्रान खानले २२, नौमन सरवारले १५, जहिर इब्राहिमले १२ र मोह्मद नविरले ११ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले तीन र करण केसीले एक विकेट लिए।

नेपालले अर्को खेल भोलि अर्को खेल मलेसियासँग खेल्नेछ।

यो प्रतियोगिताको विजयी टोली टी–२० विश्वकपको छनोट खेल्न पाउनेछ।

प्रकाशित मिति: ११:०४ बजे, मंगलबार, साउन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्