त्रिविको आगामी दीक्षान्त समारोहका लागि सोमबारबाट आवेदन
काठमाडौं, भदौ २० : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी पुसभित्र दीक्षान्त समारोहको तयारी गरेको छ।त्यसका लागि त्रिविले सोमबारदेखि अनलाइनबाट आवेदन फाराम संकलन गर्दैछ।२०७७ असार...
काठमाडौं, भदौ २० : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी पुसभित्र दीक्षान्त समारोहको तयारी गरेको छ।
त्यसका लागि त्रिविले सोमबारदेखि अनलाइनबाट आवेदन फाराम संकलन गर्दैछ।
२०७७ असार १ देखि २०७८ जेठ मसान्त एक वर्षको अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले अनलाइन फाराम भर्न सक्नेछन्।
उक्त अवधिमा करिब ३० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिएको त्रिविले जनाएको छ।
प्रकाशित मिति: १२:०१ बजे, आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












