Kathmandu Press

भासिएकै सडकमा कालोपत्र

भासिएकै सडकमा कालोपत्र
Hardik ivf

 तम्घास, भदौ २० : मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ। कालोपोत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ। अहिले एकतर्फीरूपमा सवारी साधन आवजजावत गरिरहेका छन्।

सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम रहेको बताइएको छ। सडक भासिएर पहिरो जाँदा नजिकैका दुई घरसमेत जोखिममा परेका छन्। स्थानीय नेत्र कुँवर र नर्मदा कुँवरको घर जोखिममा परेको वडाध्यक्ष विजय मरासिनीले जानकारी दिए। जोखिममा परेका परिवारलाई तत्काल अन्यत्र आवश्यक रहेको उनले बताए।

गत वर्ष सोही स्थानमा थोरै मात्रामा सडक भासिएको थियो। यसैमाथि थप कालोपत्र गरेर टालिएको थियो। अहिले उक्त ठाउँमा पहिरो गएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत तम्घासबाट सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्र गरिएको छ। सडकका अन्य स्थानमा पनि पहिरो जाँदा नागरिक हैरान भएका छन्। उक्त सडकबाट गुल्मीको क्षेत्र नं २ का अधिकांश ठाउँ र छिमेकी जिल्ला बागलुङसम्मका सवारी साधन सञ्चालन हुने गर्दछन्।   
 

प्रकाशित मिति: १०:३६ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्