Kathmandu Press

महोत्तरीमा रुखबाट लडेर एकको मृत्यु

जलेश्वर, भदौ २० : महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको...
महोत्तरीमा रुखबाट लडेर एकको मृत्यु

जलेश्वर, भदौ २० : महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। 

उनले आफ्नै बारीको रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको बताए। 
 

प्रकाशित मिति: १०:०८ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्