Kathmandu Press

तीन वटा प्रदेशमा आज पनि वर्षाको सम्भावना

काठमाडौं, भदौ २० : मनसुनी वायुको प्रभावले आज पनि देशका केही भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार...
तीन वटा प्रदेशमा आज पनि वर्षाको सम्भावना

काठमाडौं, भदौ २० : मनसुनी वायुको प्रभावले आज पनि देशका केही भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदी, नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहेकाले केही स्थानमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १०:३५ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्