Kathmandu Press

पुल नहुँदा २५ सय परिवार समस्यामा

बझाङ, भदौ २० : बझाङको जयपृथ्वी नगरपालिका-३ डुग्रीखोलामा पुल नहुँदा कुयापानी र कुशापानीका स्थानीयवासीलाई आवतजावतमा समस्य परेको छ।तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा...
पुल नहुँदा २५ सय परिवार समस्यामा

बझाङ, भदौ २० : बझाङको जयपृथ्वी नगरपालिका-३ डुग्रीखोलामा पुल नहुँदा कुयापानी र कुशापानीका स्थानीयवासीलाई आवतजावतमा समस्या परेको छ।

तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको स्थानीयवासी महेश खड्काले गुनासो गरे। सदरमुकाम चैनपुरबाट नजिकै भए पनि वर्षौँदेखि सो स्थानमा पुल नहुँदा बर्खाका समयमा दुःख झेल्दै आएको र उत्पादन भएका कृषि उपज वस्तु  बजारसम्म पुर्‍याउन समस्या हुने गरेको पडेस युवा समाजका अध्यक्ष पवन खड्काले बताए।

Hardik ivf

दुवै गाउँमा हालसम्म खानेपानी, विद्युत् र सडकको सुविधा समेत छैन। स्थानीयवासी खोलाको धमिलो पानी पिउन बाध्य रहेको उनले बताए। विद्युत्का लागि पोल गाडेको भए पनि हालसम्म बत्ती बलेको छैन भने सडक पनि निर्माण भएको छैन।

उपप्रमुख जुना जाग्रीले नगरपालिकाबाट प्रदेश सरकार र केन्द्र सरकारलाई पत्र पठाएकोे, वर्षेनी डुग्रीखोलाले खेतीयोग्य जमिन कटान गर्ने भएकाले त्यसतर्फ तटबन्धसमेत गरेको जानकारी दिइन्। छिटो–छरितो काम गर्नका लागि पहल गरिरहेको उनको भनाइ छ। पुल नहुँदा करिब २५ परिवार समस्यामा परेका छन्। (रासस)

प्रकाशित मिति: ०७:५३ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्