Kathmandu Press

पर्यटन प्रवर्द्धन गर्न १०१ फोटो प्रकाशन

फुङ्लिङ, भदौ १९ : ताप्लेजुङका पर्यटकीयस्थलको फोटो सङ्ग्रह प्रकाशित गरिएको छ। जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीयस्थलका तस्वीर समेटेर फोटो सङ्ग्रह (पुस्तक) प्रकाशित...
पर्यटन प्रवर्द्धन गर्न १०१ फोटो प्रकाशन

फुङ्लिङ, भदौ १९ : ताप्लेजुङका पर्यटकीयस्थलको फोटो सङ्ग्रह प्रकाशित गरिएको छ। जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीयस्थलका तस्वीर समेटेर फोटो सङ्ग्रह (पुस्तक) प्रकाशित गरिएको हो।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित ओझेलमा परेका जिल्लाका १०१ पर्यटकीय गन्तव्यका तस्वीर समावेश गरी फोटो पुस्तक प्रकाशित गरिएको हो। नेपाल पर्यटन बोर्डको सहयोगमा ताप्लेजुङ विकास पत्रकार मञ्चले प्रकाशन गरेको फोटो पुस्तकका लागि एक हजार ३०५ फोटो (तस्वीर) सङ्कलन गरिएको थियो। उक्त सङ्कलित फोटामध्येबाट उत्कृष्ट १०१ छनोट गरी फोटो पुस्तक प्रकाशित गरिएको हो।

Hardik ivf

जिल्लाभित्र रहेका पर्यटकीय गन्तव्यको फोटो सङ्कलन गरी प्रकाशित पुस्तक केही समयअघि काठमाडौँमा सार्वजनिक (विमोचन) गरिएको थियो। सो पुस्तकमा समावेश भएका फोटाका विजेतालाई आज पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ। सदरमुकाम फुङ्लिङमा आयोजित पुरस्कार वितरण कार्यक्रममा पूर्वपर्यटनमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले पुरस्कार वितरण गरेका थिए।

फोटाका विजेतालाई पुरस्कार वितरण गर्दै पूर्वमन्त्री भट्टराईले जिल्लाको पर्यटन प्रवद्र्धनमा प्रकाशित पुस्तकले टेवा पु¥याउने विश्वास व्यक्त गरे। आवश्यक प्रचारप्रसारको अभावमा पछि परेको जनाउँदै फोटो पुस्तकमार्फत पर्यटकीय गन्तव्यको प्रचार हुने र आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बढ्ने उनले बताए।

वार्षिक १३ लाख बढी पर्यटक नेपाल भित्रने गरेका तथ्याङ्क रहे पनि ताप्लेजुङमा अत्यन्तै न्यून पर्यटक आउने गरेको उनले सुनाए। पोखरा, चितवन, लुम्बिनीजस्ता नेपालका धेरै पर्यटकीय गन्तव्यमध्ये ताप्लेजुङ पनि पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला हुँदाहुँदै पर्यटकको उपस्थिति गराउन नसकिरहेको अवस्थामा प्रकाशित फोटो पुस्तक पर्यटक उपस्थित गराउन र प्रवद्र्धन गर्नमा सहयोग पुग्ने उनले बताए।

कार्यक्रममा सहभागी बनेका प्रदेश नं १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले पनि कञ्चनजङ्घा हिमालसहित जिल्लामा थुप्रै सुन्दर र आकर्षक पर्यटकीय गन्तव्य रहेका जनाए। पर्यटकीयस्थल साथै यहाँको सांस्कृतिक विविधता तथा प्राकृतिक सुन्दरतालाई समेत फोटो पुस्तक र अन्य माध्यमबाट प्रचारप्रसार गर्न सकेमा पर्यटन विकासमा ठूलो टेवा पुग्ने साम्सोहाङले बताए। कार्यक्रममा प्रदेशसभा सदस्य होमकुमारी साँवा, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनलगायतको उपस्थिति थियो।

यता पुस्तकका लागि छनोट भएका फोटामध्ये सर्वोत्कृष्ट, उत्कृष्ट, प्रथम, द्वितीय, तृतीय र सान्तवनासम्म छनोट गरी पुरस्कृत गरिएको पत्रकार मञ्चका सचिव चन्द्र पन्दाकले (प्रयास) बताए। पन्दाकका अनुसार सर्वोत्कृष्ट छनोट भएको फोटालाई २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्टलाई ११ हजार १११ रुपैयाँ, प्रथमलाई पाँच हजार ५५५ रुपैयाँ दोस्रोलाई तीन हजार ३३३ रुपैयाँ र तृतीयलाई दुई हजार २२२ रुपैयाँका दरले पुरस्कार वितरण गरिएको थियो।

सान्त्वना पुरस्कार १५ प्रतियोगीलाई दुई हजार रुपैयाँको दरले उपलब्ध गराइएको मञ्चले जनाएको छ। असी फोटालाई एक हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको मञ्चले जनाएको छ। फोटो प्रतियोगितामा ९० प्रतिशत ताप्लेजुङका जिल्लामा क्रियाशील पत्रकारले प्रतियोगितामा भाग लिएका मञ्चका सचिव पन्दाकले बताए। जिल्लाका सर्वसाधारण, जिल्ला बाहिरका पत्रकारले तथा विभिन्न सङ्घस्थाका कर्मचारी समेतले प्रतियोगितामा भाग लिएको मञ्चले जनाएको छ।

प्रकाशित मिति: १९:०३ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्