Kathmandu Press

पाकिस्तानी खेलाडीलाई हराउँदै सुशील क्वार्टरफाइनलमा 

काठमाडौं, साउन ६ : पाकिस्तानी खेलाडी इर्द उल्लाइलाई पराजित गर्दै नेपालका सुशील थापा क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

थाइल्याण्डमा जार....

पाकिस्तानी खेलाडीलाई हराउँदै सुशील क्वार्टरफाइनलमा 

काठमाडौं, साउन ६ : पाकिस्तानी खेलाडी इर्द उल्लाइलाई पराजित गर्दै नेपालका सुशील थापा क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत ४९ केजी लाइट फ्लाइट तौलमा नेपाल आर्मीमा आवद्ध मुक्केबाज सुशीलले पाकिस्तानी खेलाडी इर्द उल्लाइलाई दोस्रो काउण्टको दोस्रो मिनेटमा आरएससीको आधारमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेका हुन्। 

सुशीलले दोस्रो काउण्टको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि काउण्टमा परेका थिए। लगातार उत्कृष्ट मुक्का प्रहार गरेका सुशीलले उल्लाइलाई एकै राउन्टमा तीन
पटक काउण्टको धरापमा पारेका थिए।

अन्तर्राष्ट्रिय बक्सिङ संघको नियम अनुसार एउटै राउण्टमा तीन पटक काउण्ट पाएपछि खेलाडीले धेरै मार खानु नपरोस भनि रेफ्रिले खेल रोक्दै विपक्षलाई विजयी गराउने नियम छ। नेपालमा हुने १३ औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले विगत दुई हप्तादेखि ७ महिला र १० पुरुषलाई थाइल्याण्डमा वैदेशिक प्रशिक्षणमा राखेको छ।
 

प्रकाशित मिति: १९:०१ बजे, सोमबार, साउन ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्