अवैध लागूऔषधसहित नौजना पक्राउ
काठमाडौं, भदौ १९ : मोरङ, कास्की, सिरहा, दाङ र झापाबाट अवैध लागूऔषधसहित नाजना पक्राउ परेका छन्।मोरङको विराटनगर महानगरपालिका–११ जनपथटोल बस्ने भिम कामतलाई करिब...
काठमाडौं, भदौ १९ : मोरङ, कास्की, सिरहा, दाङ र झापाबाट अवैध लागूऔषधसहित नौजना पक्राउ परेका छन्।
मोरङको विराटनगर महानगरपालिका–११ जनपथटोल बस्ने भिम कामतलाई करिब ३ किलो ४ सय ८० ग्राम अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उनको चिया नास्ता पसलमा अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरीले पसल तलासी उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।
कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउसस्थित सडकबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित दुईजनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका(१० दमौली बस्ने ३० वर्षीय विष्णु प्रकाश थापा र कास्की पोखरा महानगरपालिका(१९ लामाचौर बस्ने १९ वर्षीय आशिष गैरे रहेका छन्।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ ख ७८९४ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहाको सिरहा नगरपालिका–१७ कालीचोकबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित मिर्चैया नगरपालिका–५ बस्ने २६ वर्षीय मो. नियाज सेखलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङको लमही नगरपालिका(९ शिवखोलास्थित सडकबाट करिब ९ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित दुईजनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय गणेश नेपाली र सोही ठाउँ बस्ने २६ बर्षीय सन्तोष बिश्वकर्मा रहेका छन् ।
नेपालगंजबाट तुलसीपुरतर्फ आउँदै गरेको रा३ प ३२७९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका-८ स्थित सडकबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र १ थान डिजिटल तराजुसहित वुद्धशान्ति गाउँपालिका–४ जोर लावर टोल बस्नेै २७ वर्षीय ब्रान्डेन भन्नेप अर्पन गजमेरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी उनको साथबाट मे२प ८५२२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
साथै निजको साथमा रहेका अन्य तीनजनालाई समेत आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–१२ झोलुङ्गे पुलस्थित सडकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ।
पत्थरकोटबाट जियाजोरतर्फ जादै गरेको ज५प ६७५८ नम्बरको मोटरसाइकलको चालकले प्रहरी चौकी पत्थरकोटबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नसाथ उक्त मोटरसाइकल छाडी फरार भएपश्चात प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो।












