Kathmandu Press

छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा सातजनाको मृत्यु

छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा सातजनाको मृत्यु

काठमाडौं, भदौ १९ : कैलाली, झापा, बाँके र अर्घाखाँचीमा भएका छुट्टाछुट्ट स्थानका सवारी दुर्घटनामा सातजनाको मृत्यु भएको छ। 

कैलालीको गौरीगंगा नगरपालिका(४ राजिपुरमा म१ ज ३१९ नम्बरको गाडी र से१ह २५१० नम्बरको अटो एक(आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा अटोमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेट्रो अस्पताल र सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ४ जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

Hardik ivf

दुर्घटनामा सामन्य घाइते भएका गाडीका सहचालकलाई उपचार पश्चार प्रहरीले नियन्त्रणमा लिनुका साथै हाल फरार गाडीका चालकको खोजी गरिरहेको छ। 

झापाको कमल गाउँपालिका(५ आदीबासी रङशाला अगाडि सडकमा प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने सर्लाही भक्तिपुर गाउँपालिका(३ ईश्वरपुर घर भएका लोहरा कापरीको छोरा चार वर्षीय मानव कापरीको शुक्रबार दिउँसो घट्नास्थलमै मृत्यु भएको छ। पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यसैगरी झापाकै मेचीनगर नगरपालिका–८ स्थित भित्री सडकमा प्रदेश ३–०२–००९ प ९३८६ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकल यात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बन्ठा किसानको शुक्रबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका किसानको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बाँकेको राप्तीसोनारी गाउँपालिका(१ बाघखोरस्थित सडकमा भे।८ प ५२२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया परीदेवी कुमालको शुक्रबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्घाखाँचीको शीतगंगा नगरपालिका(३ ठाँडामा काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको बा३ख ८६३९ नम्बरको गाडी सडकदेखि अन्दाजी ४ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार भूमिकास्थान नगरपालिका–९ बस्ने ३० वर्षीय सन्जय बिकको मृत्यु भएको छ।

दुर्घनामा गम्भीर घाइते भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य १० जनालाई  उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार लगिएकोमा ९ जनालाई थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ पठाइएको छ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १७:५४ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्