करेन्ट लागेर दुईजनाको मृत्यु
काठमाडौं, भदौ १९ : महोत्तरी र मोरङमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।महोत्तरीको मटिहानी नगरपालिका-२ बर्दाहा माईतीघर बस्ने लोहारपट्टी नगरपालिका–७ कबिरगामा घर भएकी...
काठमाडौं, भदौ १९ : महोत्तरी र मोरङमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।
महोत्तरीको मटिहानी नगरपालिका-२ बर्दाहा माईतीघर बस्ने लोहारपट्टी नगरपालिका–७ कबिरगामा घर भएकी २८ वर्षीया शोभा यादवको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ।
पानी तान्ने मोटर चलाउन क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मोरङको विराटनगर महानगरपालिका-१७ स्थित रघुपति जुट मिलमा काम गर्ने क्रममा करेन्ट लागरे सोही महानगरपालिका–१८ खोक्साहा बस्ने २८ पप्पु कुमार मण्डलको शुक्रबार दिउँसो मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोसी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रकाशित मिति: १७:४४ बजे, शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












