Kathmandu Press

चार किलो सुनसहित दुईजना पक्राउ

बाँके, भदौ १९  नेपालगंज उपमहानगरपालिका–२० राझाँ एयरपोर्टबाट ४ किलो २१.४९ ग्राम सुनसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा झापा खादुनावारी...
चार किलो सुनसहित दुईजना पक्राउ

बाँके, भदौ १९ : नेपालगंज उपमहानगरपालिका–२० राझाँ एयरपोर्टबाट ४ किलो २१.४९ ग्राम सुनसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा खादुनावारी गाविस(६ ठेगाना भएका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस(२ ठेगाना भएका २८ वर्षीय बुद्दीमान खाती रहेको प्रहरीले जनाएको छ।

Hardik ivf

श्री एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट नेपालगंज आएका उनीहरुलाई नेपालगंज विमानस्थलको आगमन कक्षबाहिर शंकास्पद रुपमा फेला पारी प्रहरीले तलासी गर्दा विश्वकर्माले लगाएको जुत्तामा रहेको सुन जस्तो देखिने ४ थान विस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा रहेको सुन जस्तो देखिने २ थान विस्कुट गरि जम्मा ६ थान विस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) र खातीले बोकेको झोलाबाट सुनको जस्तो देखिने तिलहरी १ थान, बाला १ थान, गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारी उनीहरुलाई  पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
 

प्रकाशित मिति: १७:३६ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्