Kathmandu Press

बेलायतमा ४२ हजार नयाँ कोरोना संक्रमित थपिए

लण्डन, भदौ १९ : बेलायतमा कोरोनाभाइरसका थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन्।  योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९...
बेलायतमा ४२ हजार नयाँ कोरोना संक्रमित थपिए

लण्डन, भदौ १९ : बेलायतमा कोरोनाभाइरसका थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन्।  

योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन्।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १२१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या भने एक लाख ३३ हजार ४१ पुगेको छ। 

बेलायतमा सङ्क्रमितको सङ्ख्या बढेपछि उच्च सतर्कताका लागि फेरि जोड दिन थालिएको छ। सरकारले खोपका लागि सबैलाई आह्वान गरिरहेको छ भने बालबालिकालाई पनि खोप लगाउने गृहकार्य भइरहेको छ।

विज्ञले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउनु उपयुक्त हुने सुझाव पनि दिएका छन्।  
 

प्रकाशित मिति: १७:१८ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्