Kathmandu Press

गृहमन्त्री खाँणद्वारा कोशी कटान क्षेत्रको निरीक्षण

उदयपुर, भदौ १९ : गृहमन्त्री बालकृष्ण खाँणले उदयपुरको बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको निरीक्षण गरेका छन्। गृहमन्त्री खाँणसहितको टोलीले आज बेलका नगरपालिका–८ स्थित कोशी...
गृहमन्त्री खाँणद्वारा कोशी कटान क्षेत्रको निरीक्षण

उदयपुर, भदौ १९ : गृहमन्त्री बालकृष्ण खाँणले उदयपुरको बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको निरीक्षण गरेका छन्। 

गृहमन्त्री खाँणसहितको टोलीले आज बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्। सो अवसरमा उनले कोशी कटान नियन्त्रणबारे सरकारले अब चाँडै नै नयाँ योजना र कार्यक्रम ल्याउने बताए।

Hardik ivf

बेलका नगरपालिकका प्रमुख दुर्गाकुमार थापा र उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले कोशी कटानले बर्सेनि उदयपुरको बेलकावासी पीडित बन्नु परेको उल्लेख गर्दै यहाँका झन्डै पाँच किलोमिटर लम्बाइ क्षेत्रमा दुई हजारभन्दा बढी घरपरिवार कोशी कटानका कारण विस्थापित हुने अवस्थामा आइपुगेको जानकारी गृहमन्त्री खाँणलाई गराए। 

कटानबाट बर्सेनि यो क्षेत्र सङ्कटमा पर्दै गएको बेला गृहमन्त्री खाँणको निरीक्षणले यस क्षेत्रका बासिन्दा समस्या समाधान हुने भनेर उत्साहित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले बताए।

प्रकाशित मिति: १५:४६ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्